३,४८१ जनामा कोरोना संक्रमण, १,८८५ जना निको, ३० को मृत्यु


२७ श्रावण २०७८, बुधबार
korona

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा ३,४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पिअिसार परीक्षण गर्दा २,६१६ र र ५,७४९ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,८८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३,२२० भने ७९६ जना आइसियुमा र १८४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७