माओवादी केन्द्रको अन्तरिम विधान : नेकपा एमाले शैलीकै संरचना (पूर्णपाठ)


३१ श्रावण २०७८, आईतवार
maobadi cc

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पहिलोपल्ट व्यवस्थित ढङ्गले आफ्नो विधान मस्यौदा तयार गरेको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५२ पृष्ठ लामो विधान पेश गरेका छन् । प्रचण्डले पेस गरेको अन्तरिम विधान–२०७८ पारित भएपछि माओवादी नयाँ वैधानिक व्यवस्थामा जानेछ । माओवादी केन्द्रको प्रस्तावित विधान साविक नेकपाकै विधानको निरन्तरता जस्तो देखिन्छ । नेकपा एमालेले अवलम्वन गरेका संगठनात्मक संरचना र ढाँचाहरूमा माओवादी केन्द्रको अन्तरिम विधान गएको छ ।

अधिकांश विधानका व्यवस्था एमाले र साबिक नेकपाकै हुबहु रहे पनि एमालेले प्रस्तावित विधान मस्यौदामा हटाएको वैकल्पिक सदस्यको प्रावधान माओवादीले अभ्यास गर्न खोजेको छ । त्यसबाहेक अन्य संठनात्मक संरचना नेकपाकै निरन्तरता छन् । गत असारमै केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको विधानको मस्यौदालाई प्रचण्डले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेका हुन् ।

२९९ सदस्यीय केन्द्रीय समिति, सो केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य नयाँ व्यवस्था हुन् । त्यस्तै माओवादीले सेल कमिटीदेखि केन्द्रीय समितिसम्मको सदस्य संख्या पनि निर्धारण गरेको छ ।

माओवादीको जिल्ला समिति ९९ सदस्यीय, विशेष जिल्ला समिति ६५ सदस्यीय र महानगर समिति ९९ सदस्यीय रहनेछन् । त्यस्तै उपमहानगर समिति ८१,नगर समिति ६५,गाउँ समिति ५५ सदस्यीय रहने छन् । सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुनेछन् ।

यस्तो छ माओवादी केन्द्रको अन्तरिम विधान मस्यौदा :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७