डोरमणि पौडेलले छाडे सरकारी निवास


४ भाद्र २०७८, शुक्रबार
dormani

काठमाडौं, ४ भदौं । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवासमा फर्किएका छन् ।
मुख्यमन्त्रीको सरकारी निवास छाडेर पौडेल हेटौंडाको नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् ।

पौडेलले ४२ महिना सत्ता सञ्चालन गरेका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् । निजी निवास फर्किंदै गर्दा उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए ।

पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७