कहाँ–कहाँ छ आज बाढीको जोखिम ?


६ भाद्र २०७८, आईतवार
badhi 3

काठमाडौं, ६ भदौं । केहि दिनदेखि नेपालमा फेरि मनसुन सक्रिय छ । आज (आइतबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि देशका केहि भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्षाका कारण आज कोशी र यसका सहायक नदीहरूमा पानीको बहाव केही बढ्ने पूर्वानुमान छ । कन्काई, पूर्वी राप्ती र तिनाउ नदीमा पनि बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तल रहने पूर्वानुमान छ । कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तल रहने पूर्वानुमान छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, संखुवासभा, ताप्लेजुङ, पर्सा, बारा, रौतहट, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, पर्वत, तनहुँ, नवलपुर, स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएको छ ।
आज यस्तो छ बाढीको पूर्वानुमान

240470064 4568622786516012 1137153857764873743 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७