बोलिभियाकी पूर्व राष्ट्रपति अनेजद्वारा जेलमा आत्महत्या प्रयास


६ भाद्र २०७८, आईतवार
BoliviaAnez m BW5lH6NOiz

काठमाडौं, ६ भदौं । जेलमा रहेकी बोलिभियाकी पूर्व राष्ट्रपति जिनिन अनेजले आत्महत्याको प्रयास गरेकी छन् । ‘कू’ र नरसंहार गरेको आरोपमा गिरफ्तार भएकी अनेजले शनिबार आफ्नो बायाँ नाडीमा काटेको बताइएको छ ।

‘डाक्टरले उनको बायाँ नाडीमा तीन ठाउँमा काटिएको फेला पारे,’ अनेजकी वकिलले भनेकी छन् । अहिले उनको स्थिति सामान्य भएको गृहमन्त्री एडुवार्डो डेल क्यास्टिलोले बताए ।

सन् २०१९ मा पूर्व राष्ट्रपति एभो मोरालेसको सरकारलाई अपदस्थ गरी अनेज राष्ट्रपति बनेकी थिइन् । त्यसपछि आन्दोलनमा चरम दमन गरेको, गैरन्यायिक हत्या गरेकोलगायताका आरोप उनीमाथि छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७