प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता


८ भाद्र २०७८, मंगलवार
Bimala Khatri Oli

दाङ, ८ भदौं । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेका हुन् ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङको दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाको निवेदन दर्ता गरेको जानकारी दिए । श्रेस्तेदार गिरीका अनुसार यही भदौ ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०७३ (०७८-००३६२) रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७