बाबुराम भट्टराईको प्रश्न : रेशम चौधरी अझै किन थुनामा ?


९ भाद्र २०७८, बुधबार

काठमाडौं, ९ भदौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सांसद रेशम चौधरीलाई स–सम्मान तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले थारुहटको टीकापुर विद्रोह राजनीतिक संघर्ष भएकाले सांसद चौधरीलाई थुमामा राख्नुको औचित्य नभएको बताएका छन् । थारुहट विद्रोह कांग्रेसले राणाविरूद्ध गरेको विद्रोह, एमालेको झापा विद्रोह, माओवादीको जनयुद्ध र मधेशी जनअधिकार फोरमले गरेको मधेस विद्रोह जत्तिकै राजनीतिक विषय भएकाले थारुहट आन्दोलनको क्रममा पक्राउ परेकाहरुलाई अझै थुनामा राख्नु न्यायोचित नहुने नेता भट्टराईको भनाई छ ।

‘थारूहरूको टीकापुर विद्रोह कांग्रेसको राणाविरूद्ध विद्रोह, एमालेको झापा विद्रोह, माओवादीको जनयुद्ध, फोरमको मधेस विद्रोह जत्तिकै राजनीतिक विद्रोह क्रान्ति हो,’ नेता भटराईले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अरू सबै विद्रोहका राजबन्दी क्रान्तिपछि ससम्मान रिहाइ हुने तर संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि सांसद रेशम चौधरीलगायत किन थुनामा ?’ चौधरीसहितका बन्दीको रिहाइको माग गर्दै थरुहट–थारुवान राष्ट्रिय मोर्चाले मंगलबार राजधानीमा प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७