तेजावपीडित आरतीलाई प्रदेश–२ सरकारको पाँच लाख सहयोग


१० भाद्र २०७८, बिहीबार
acidt victim arati ISoq8rb61Z

जनकपुरधाम, १० भदौं । पतिले तेजाव हानेर घाइते भएकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले बिहीबार बिहान तेजाव पीडित आरतीलाई पाँच लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका सञ्जीव साहले पेठिया बजारमा श्रीमती आरती साह र छोरी रियामाथि तेजाव प्रहार गरेका थिए ।

सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो । यसै घटनामा तेजाव बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो । घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र तेजाव बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

दुवै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीन वटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो । तेजाव आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ । तेजाव आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७