फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या


१२ भाद्र २०७८, शनिबार
pfizer vaccine Cu9k9mahO6

काठमाडौं, १२ भदौं । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ ।

त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ । नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ ।

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ । फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ । त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेर मात्र बनाउन मिल्छ । यसका लागि कम्तीमा ६ महिना लाग्न सक्छ ।

यस्तो अवस्थामा फाइजरको खोप आए भण्डारण र व्यवस्थापन गर्न कठिन हुने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए । ‘फ्रिज खरिद टेन्डरदेखि अर्डरसम्मको प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना लाग्ने देखिन्छ’, उनले भने ।

फाइजरको खोपका लागि भण्डारण कक्षमात्र नभई त्यसको सञ्चालन गर्न तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ । सो खोप राख्ने फ्रिज खरिद गर्दा महँगो पर्छ । यस्तो अवस्थामा अन्य खोपको तुलनामा फाइजरको खोप महँगो पर्ने देखिएको कोभिड १९ विरुद्धको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७