वर्षाका कारण अरनिको राजमार्ग अबरुद्ध, सयौं गाडीहरु र यात्रु अलपत्र


१३ भाद्र २०७८, आईतवार
pahiro1630207113

काठमाडौं, १३ भदौं । लगातारको वर्षाका कारण अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडकमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रु रोकिएका छन् । केही दिनयता मुलुकका अधिकांश स्थानमा पानी परिरहेको छ । लगातार पानी परिरहेकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७