४९ अंकले घट्यो नेप्से, साढे १५ अर्बको कारोबार


१३ भाद्र २०७८, आईतवार
share market

काठमाडौं, १३ भदौं । साताको अन्तिम कारोबार केही सम्हालिएको शेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत साता लगातार दुई दिन उच्च अंकले घटेर अन्तिम दिन केही सुधार भएको नेप्सेमा यो साताको पहिलो कारोबार दिन आज ४९.१८ अंकको उच्च गिरावट हुँदा ३०४४.८८ अंकमा बन्द भएको छ ।

आइतबर प्रि–ओपन सेसनमा दोहोरो अंकले बढेर ३१०५.७९ अंकमा खुलेको नेप्से शुरुवातमा केही उतार–चढाव हुँदा ३११६.८२ अंकसम्म पुगेको थियो । त्यसपछि लगातार घटेर ३०३८.७८ अंकसम्म घटे पनि अन्तिममा पुनः केही उतार–चढाव देखिँदा आजको न्यून विन्दुभन्दा केही माथि पुगेर बन्द भयो ।

बजार परिसूचकमा गिरावट देखिए पनि कारोबार रकम भने साढे १५ अर्ब नाघेको छ । २ करोड ८८ लाख ४८ हजार ३१३ कित्ता शेयर खरिद–बिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४५ हजारको कारोबार भएको छ । आज नेप्सेमा वित्त कमपनी बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उपसूचकमा गिरावट भए पनि हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिँदा कारोबार रकम उच्च देखिएको छ ।

आज वित्त कम्पनी उपसूचक ०.६७ प्रतिशतले विस्तार हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.४८ प्रतिशतले गिरावट भएको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक २.४२ प्रतिशत, लघुवित्त उपसूचक १.९४ प्रतिशत, अन्य उपसूचक १.८२ प्रतिशत, लगानी उपसूचक १.७५ प्रतिशत, जीवन विमा उपसूचक १.७३ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.७६ प्रतिशत र व्यापार उपसूचक १.६६ प्रतिशतले झरेको छ ।

आज कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको सर्वाधिक १ अर्ब ८१ करोड ८३ लाख ४४ हजारको कारोबार हुँदा १७ प्रतिशत बोनस बुक गर्ने अन्तिम दिन अरुण काबेली पावरको ८७ करोड ९ लाख २४ हजार र जीवन विकास लघुवित्तको ७४ करोड ९२ लाख २४ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, अरुणभ्याली हाइड्रोपावरको ७.५६ प्रतिशत, जानकी फाइनान्सको ६.९९ प्रतिशत र सिभिल लघुवित्तको ६.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।

यता, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिंगटी हाइड्रोपावरको शेयर मूल्य ७.३५ प्रतिशत र गोर्खाज फइनान्सको ५.७४ प्रतिशतले घटेको छ । १८६ कम्पनीको शेयर कारोबारमा आएकोमा १५७ कम्पनीको शेयर मूलय घटेको छ भने २८ कम्पनीको वृद्धि हुँदा एउटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७