कार बम आक्रमण रोक्न अमेरिकाले काबुलमा ड्रोन हमला गर्दा नौं जनाको मृत्यु


१४ भाद्र २०७८, सोमबार
kabul biman uSaiIAoKZr

काठमाडौं, १४ भदौं । अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण असफल पार्न भनेर आइतबार अमेरिकाले ड्रोन हमला गर्दा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १७० जनाको ज्यान जानेगरी गत बिहीबार साँझ काबुल विमानस्थलनजिक गरिएको बम हमला जस्तै आइतबार पनि गर्न खोजिएको र त्यसलाई विफल पार्न अमेरिकाले हवाई हमला गरेको हो ।

कार बम लिएर आत्मघाती आक्रमणकारी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोनले हानेको बताइएको छ । त्यस क्रममा आतंककारी मारिए मारिएनन् भन्ने खबर अहिलेसम्म सार्वजनिक हुन सकेको छैन तर सर्वसाधारण नागरिक तथा अमेरिकी सेनाकै सहयोगी गरी ९ जना मारिएको पुष्टि भएको छ ।

मारिनेमा अमेरिकाका लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्वअफगान अधिकारी नसिर नजाबी पनि छन् । यसअघि गत बिहीबार साँझ आतंकवादी संगठन स्लामिक स्टेटको खुरासान समूह अर्थात् आईएसआईएस–केले काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो भने हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

त्यसपछि अमेरिकी सैनिकले शुक्रबार राति अफगानिस्तानमा आईएसआईएसलक्षित ड्रोन आक्रमण गर्दा काबुलमा विस्फोट गराउनेका योजनाकार मारिएको दाबी अमेरिकाले गरेको छ । यसैबीच अमेरिकाले अफगानिस्तानमा आफ्ना १३ सैनिकसमेतको हत्या गर्ने आतंककारीविरुद्ध आफ्नो हमला जारी बताएको छ ।

आइतबार सीबीएस न्जुनसँग कुरा गर्दै अमेरिका अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभनले भने, ‘राष्ट्रपति (जो बाइडेन) अफगानिस्तानमा नयाँ युद्ध थाल्न चाहनु हुन्न । तर हाम्रा सैनिकविरुद्ध हमला गर्नेहरू समाप्त पार्न कस्तो प्रकारको मद्दत चाहिन्छ भन्नेबारे हामी हाम्रा कमान्डरसँग कुरा गर्छौं । जसले गर्दा आईएसआईएस–के (इस्लामिक स्टेट–खुरासान) को आतंक अन्त्य सुनिश्चित गर्न सकियोस् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७