कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा


१४ भाद्र २०७८, सोमबार
Gagan Thapa

काठमाडौं, १४ भदौं । सत्तारुढ नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आउँदो मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार बिहान काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रस्थित वडा नम्बर–३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा बोल्दै नेता थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । ‘अहिले हामी १४ औं महाधिवेशनको तयारीका क्रममा छौं । मैले १३ औं महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘मेरो वडाका अग्रज साथीहरूबीच १४ औं अधिवेशनमा पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दैछु ।’

नेता थापा अहिले कांग्रेसको तेस्रो धार मानिने कृष्ण सिटौला समूहसँग निकट छन् । उनी यो पटक कुन समूहबाट महामन्त्री उठ्ने टुंगो भइसकेको छैन । १३औं महाधिवेशनमा नेता सिटौला समूहबाट लडेका उनले ५८४ मत ल्याएका थिए । त्यसबेला महामन्त्रीमा रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला विजयी भएका थिए ।

कांग्रेसको महाधिवेशनका लागि पदका आकांक्षीहरु विस्तारै खुल्न थालेका छन् । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल समूहबाट आधा दर्जन नेता र तेस्रो धारका कृष्ण सिटौला र देउवा समूहकै विमलेन्द्र निधि पनि अहिलेबाटै मैदानमा देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७