प्रचण्डले बोलाए आकस्मिक स्थायी कमिटी बैठक


१४ भाद्र २०७८, सोमबार
mao

काठमाडौं, १४ भदौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् ।

बैठक केहीबेर अघि शुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिएका छन् । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ ।

यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इञ्चार्ज र सह– इञ्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७