दुई दशकपछि अमेरिकी सेनाले छाडे अफगानस्तान, तालिबानीले मनाए खुशीयाली


१५ भाद्र २०७८, मंगलवार
american army2 aKC53BgBtH

काबुल, १५ भदौं । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।

अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुशीमा बन्दुक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिति काबुल विमानस्थलमा मात्रै थियो ।

सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो ।

america complete us withdrwal WX6SqJOAvB

त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।
अन्तिम दिन रकेट प्रहार
अमेरिकाले पछिल्ला दिनमा काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका अफगानी नागरिकको उद्धार गरिरहेको थियो । यसक्रममा १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जनरल म्याकेन्जीले बताए । यसअघि उद्धार विमानलाई लक्षित गरेर अतिवादीहरुले प्रहार गरेको रकेट एउटा बस्तीमा परेको थियो ।

त्यहाँ एकै परिवारका ६ बालबालिकासहित १० जनाको मृत्यु भएको उनीहरुका आफन्तले जनाएका छ । सोमबार पनि काबुल विमानस्थलमा धेरै पटक रकेट प्रहार भयो । ईस्लामिक स्टेट खोरोसाम (आईएसआईएस–के) ले यस आक्रमणको जिम्मेवारी लिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७