जागिर खाने हो ? राष्ट्र बैंकले माग्यो १५१ कर्मचारी


२३ फाल्गुन २०७४, बुधबार
bank 1

काठमाण्डौं, २३ फागुन : बैंक तथा बित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकले एकै पटक निकै ठूलो संख्यामा जागिरको अवसर खुलाएको छ । bank 1

राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै तीन पदमा १५१ का लागि जागिरको अवसर खुलाउँदै अनलाइन दरखास्त आह्वान गरेको हो । केन्द्रीय बैंकले तृतीय तहको अधिकृत स्तरको सहायक निर्देशक पदमा ४५ कर्मचारी मागेको छ । यस्तै, प्रशासन सेवामा काम गर्ने गरी सहायक द्वितीय पदमा ९६ कर्मचारी मागिएको छ । प्राविधिक सेवातर्फ सूचना प्रविधिमा काम गर्ने गरी १० जना सहायक द्वितीय पदमा कर्मचारी मागिएको छ ।

अर्थशास्त्र, वाणिज्य शास्त्र वा जनप्रशासन बिषयमा स्नातकोत्तर गरेकाले सहायक निर्देशक पदमा, १० जोड दुुई उपाधि हासिल गरेकाहरुले प्रशासन सेवातर्फको सहायक द्वितीय पदमा र कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रोनोक्सि तथा हार्डवेयर इञ्जिनियरिङमा तीनवर्षे डिप्लोमा उत्तीर्ण गरेकोले प्राविधिक सेवातर्फको सहायक द्वितीय पदमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । इच्छुकले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म दरखास्त दिनसक्ने व्यवस्था गरिएको छ ।
यस्तो छ सूचना : nrb11

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७