प्रदेश–२ र सुदूरपश्चिममा ओलीको भन्दा माधवको दल ठूलो


१७ भाद्र २०७८, बिहीबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १७ भदौं । संघीय संसदमा २० प्रतिशत सांसद जुटाउन नसके पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दुई वटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति हुने देखिएको छ ।

प्रदेश २ र सुदूरपश्चिमको प्रदेश सभामा नेपालको नेतृत्वको दल एमालेभन्दा ठूलो शक्ति हुने अवस्था देखिएको हो । प्रदेश नम्बर २ मा भने जसपाको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको पद सुरक्षित नै छ । प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या एक सय चार हो । यसमध्येबाट बहुमत पुर्याउनका लागि ५३ जनाको आवश्यक पर्छ ।

मुख्यमन्त्रीको दल जसपाका तयहाँ ५५ सांसद थिए । त्यसमध्ये ११ जनाले नयाँ दल लोकतान्त्रिक समाजवादी रोजेका छन् । त्यस्तै, एमालेका १९ जना सांसदमध्ये १३ जनाले एकिकृत समाजवादी रोजेका छन् । प्रदेश सभामा कांग्रेसका १९ र माओवादीका आठ जना सांसद छन् । जसले राउतको पद सुरक्षित राख्न सुविधाजनक बहुमत पुग्छ ।

सुदूरपश्चिम प्रदेश सभाबाट माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले केही महिनाअघि मात्रै विश्वासको मत लिएका थिए । प्रदेश सभामा रहेका कुल ५२ जनामध्ये भट्टले ३० मतसहित विश्वासको मत प्राप्त गरेका थिए, जब कि २७ मत भए बहुमत पुग्छ । त्यसमा एमालेका १८ जनाले उनलाई मत दिएका थिए । प्रदेश सांसदमा एमलेका २४ सांसद थिए । त्यसमध्ये १३ जनाले एकिकृत समाजवादी रोजेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७