नेपालमा प्राकृतिक विपतका घटनामा वृद्धि, पूर्व सूचना प्रणालीले मृत्युदर भने घट्यो


१८ भाद्र २०७८, शुक्रबार
Melamchi flood 10

काठमाडौं, १८ भदौं । पछिल्लो समय नेपालमा प्राकृतिक प्रकोपका घटनामा वृद्धि हुन थालेको छ । मौसम, जलवायु तथा वर्षाका कारण सिर्जित विपद्का घटनामा वृद्धि हुन थालेको हो ।

विपतका घटना बढे पनि पूर्वानुमान तथा पूर्व सूचना प्रणालीको विकासले गर्दा मृत्युदर चाहिँ घटेको देखिएको छ । विश्व मौसम संगठनले मंगलबार प्रकाशन गरेको प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा वर्षाका कारण सिर्जित विपद्का घटनाको वृद्धि भएको देखाएको हो । पूर्वानुमान तथा पूर्वसूचनाका कारण मृत्युदर चाहिँ घटेको प्रतिवेदनमा उल्लेख छ ।

एसियामा पछिल्लो ५० वर्षमा तीन हजार ४५४ वटा विपद्का घटना भएका छन् । त्यस्ता घटनाका कारण नौ लाख ७५ हजार ६२२ ले ज्यान गुमाएका छन् । विपतबाट एक दशमलव दुई ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार प्राकृतिक प्रकोपका कारण विश्वभर घटेका विपद्का घटनामध्ये ३१ प्रतशित घटना एसियामा घट्ने गरेको छ । यस्ता घटनाबाट विश्वभर ज्यान गुमाएका मध्ये ४७ प्रतिशत एसियाका नागरिक हुन्छन् ।

विश्वभर भएको आर्थिक क्षतिमध्ये ३१ प्रतिशत क्षति एसियाली देशमा हुने गर्दछ । यस्तो क्षति बाढीबाट ४५ प्रतिशत र आँधीका कारण ३६ प्रतिशत हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ । त्यसैगरी ७२ प्रतिशतको आँधीका कारण मृत्यु हुने गरेको छ भने क्षतिको ५७ प्रतिशत बाढीका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७