बागमतीमा बाढे एकीकृत समाजवादी रोज्ने सांसद, मीना ज्ञवालीले गरिन् सनाखत


१८ भाद्र २०७८, शुक्रबार
mina gyali apfgL97c6c

हेटौंडा, १८ भदौं । बागमती प्रदेशमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोज्ने सांसदको संख्या थपिएको छ । बागमती प्रदेशमा अर्की एमाले सांसद पनि नेकपा (एकीकृत समाजवादी) तिर लागेकी छन् ।

एमालेबाट समानुपातिक कोटामा निर्वाचित सांसद मीना ज्ञवालीले नेपाल नेतृत्वको समाजवादी रोजेकी हुन् । समाजवादीतिर लागेकी उनी एमाले नेता रुद्र नेपालकी पत्नी हुन् ।

नेपाल भने अहिले पनि एमाले निकट कानुन व्यवसायी आवद्ध संगठन पीपीएलएका अध्यक्ष छन् । ज्ञवाली बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिन् । यससँगै बागमतीमा एमाले छाडेर समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ ।

यसअघि नै भावी मुख्यमन्त्रीका रुपमा चर्चामा रहेका धादिङका राजेन्द्र पाण्डेसहित १२ सांसद समाजवादीतिर लागिसकेका छन् । १३ जना समाजवादीतिर लागेपछि अब बागमतीमा एमालेका ४३ सांसद बाँकी भएका छन् । भदौ २ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले यससँगै बहुमत गुमाएकी छन् । शाक्यले बहुमत गुमाएसँगै अहिले बागमतीमा सांसद पाण्डे नयाँ सरकार बनाउन तम्सिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७