लकडाउन खुकुलो भएसँगै बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, भारतमा घट्दै


२२ भाद्र २०७८, मंगलवार
corona virus

काठमाडौं, २२ भदौं । बेलायतमा एकै दिन ३७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । केही दिनयता बेलायतमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।

यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी बेलायतमा ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण मृत्यु भएको बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र मृत्यु हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो समयमा लकडाउन खुला गरिएका कारण भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । यता, भारतमा भने कोरोनाभाइरसका दैनिक सङ्क्रमितहरुको संख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको संख्या एकाएक बढेपछि देशभरीको संख्यामा वृद्धि देखिएको थियो ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै २६ हजार ७ सय १ जना सङ्क्रमित छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको बताइएको छ । पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको संख्या ५० हजारभन्दा कम हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७