बंगलादेशमाथि नेपालको जित


२४ भाद्र २०७८, बिहीबार
Nepal vs Bangaladesh 2

काठमाडौं, २४ भदौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २–० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो ।

नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औं मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् । त्यस्तै खेलको २२ औं मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् । ८३ आंँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरे पनि हार टार्न सकेन ।

आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरिन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो । दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७