कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?


२५ भाद्र २०७८, शुक्रबार
raining

काठमाडौं, २५ भदौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) विहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । ‘काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ । हल्का वर्षाको सम्भावना छ’, मौसमविद् समीर श्रेष्ठ भन्छन्, ‘देशभर करिब काठमाडौैंकै जस्तै मौसम हुने जनाइएको छ । भारी वर्षा गराउने मौसमी प्रणाली छैन ।’

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार आगामी तीन दिन भारी वर्षा गराउने मौसमी प्रणाली विकास भएको छैन ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७