भक्तपुरमा गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर ट्रकभित्रै बलात्कार


३० भाद्र २०७८, बुधबार
rape gadi vdgsqIiP2t

भक्तपुर, ३० भदौं । भक्तपुरमा गाडी पर्खिरहेकी बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै लगेर गाडीभित्रै बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लगेर काभ्रेमा चालक र सहचालकले बलात्कार गरेका हुन् ।

उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते भक्तपुरको श्रृजनानगरस्थित सडकमा पूर्वतर्फ जानको लागि बालिका गाडी कुरिरहेकी थिइन् । उनीहरुले ट्रकमा गन्तव्यसम्म पुर्‍याई दिने भनि उनलाई चढाएका थिए । काभ्रेपलान्चोकको बनेपा १२ स्थित साझा पेट्रोल पम्प अगाडि रोकेर गाडी भित्रै चालक र सहचालकले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकालाई सोही स्थानमा छाडेर उनीहरु पूर्वतर्फ गएका थिए ।

अनुसन्धानका क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक खुलेको र उक्त ट्रक मोरङबाट बीपी राजमार्गको बाटो हुँदै काठमाडौंतर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार प्रहरीले धुलीखेल चोकबाट नियन्त्रणमा लिएको हो ।

ट्रक चालक झापा हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले दाबी गरेको छ । पीडितबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७