काठमाडौंमा असोज ५ गते कांग्रेस वडा अधिवेशन, भोलि निर्वाचन अधिकृत खटिंदै


१ आश्विन २०७८, शुक्रबार
deuba adhibesan y7nDYyWuRt
sf7df8f}F, !* ebf} . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf z’qmaf/ eQmk’/sf] ;”o{ljgfos gu/kflnsf s6’h]df sfFu|];sf] j8f clwj]zg pb3f6g ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १ असोज । सत्तारुढ नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी शुरु गरेको छ ।

कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया शुरु गरेको हो । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी कामको थालनी गरिएको बानियाँले जानकारी दिएका छन् ।

काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौं जिल्लामा १३८ वडा रहेका छन् । ‘असोज ५ गते एकै दिन सबै वडामा अधिवेशन हुन्छ,’ सभापति बानियाँले भने, ‘भोलिसम्म वडा–वडामा निर्वाचन अधिकृतहरु खटिनु हुन्छ ।’

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत बुधबार काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । योसँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७