एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी


१ आश्विन २०७८, शुक्रबार
metmani

लुम्बिनी, १ असोज । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । चौधरीको नेतृत्वमा शुक्रबार लुम्बिनी प्रदेश कमिटी निर्माण भएको हो ।

प्रदेश कमिटीको प्रथम बैठकले केन्द्रीय सचिवालयको निर्देशन अनुसार चौधरीलाई अध्यक्षका रुपमा सिफारिस गरेको हो । प्रदेश अध्यक्षमा सारिएका चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पनि रहेका छन् । उनी एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए ।

कमिटीको सचिवमा राजु गुरुङलाई अघि सारिएको छ । प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई सदस्य राखेर कमिटी बनाइएको सचिव गुरुङले बताएका छन् । यो कमिटीलाई आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठक र प्रदेश भेलापछि पूर्णता दिने तयारी छ । त्यस्तै शुक्रबारकै भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठक गर्ने निर्णय पनि लिएको छ । लुम्बिनीमा यसअघि नै नेकपा एकीकृत समाजवादीको इञ्चार्जका रुपमा भागवत विश्वासीले काम थालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७