रेडपाण्डको छालासहित चार जना पक्राउ


२ आश्विन २०७८, शनिबार
red panda chhala

सुर्खेत, २ असोज । सुर्खेत प्रहरीले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१० दैलेखका २१ वर्षीय पुर्ण बहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७