केही बुँदा संशोधन गरी एमसीसी पारित गरिन्छ : प्रचण्ड

‘असोज ४ गतेसम्ममा सरकार विस्तार हुन्छ’


२ आश्विन २०७८, शनिबार
pushpakamal dahal prachanda 04FE55Bw7d

जनकपुरधाम, २ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् । केहि मुलुक प्रतिकूल बुँदाहरु बिना संशोधन एमसीसी पारित गर्न नहुने पनि उनले बताए ।

यस्तै अध्यक्ष ‘प्रचण्ड’ ले आउँदो साता केन्द्रीय सरकार विस्तार हुने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले असोज ४ गते मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् ।

‘विभिन्न कारणले सरकार विस्तार हुन सकेका छैन । केही प्राविधिक कठिनाइहरू देखिएको थियो । असोज ४ गतेसम्म सरकार विस्तार हुन्छ’, उनले भने । सत्तारूढ गठबन्धन गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको भन्दै तत्काल नटुट्ने उनले दाबी गरे ।

‘गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘तर, अब तपाईंहरू ढुक्कसँग लेख्नुस्– गठबन्धन टुट्दैन । अगामी चुनावसँग यो गठबन्धन रहन्छ ।’ दुई पटक संविधान संशोधनका लागि प्रस्ताव संसद्मा दर्ता भए पनि संशोधन हुन नसकेको भन्दै उनले दुःख समेत व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७