काठमाडौं महानगरका पूर्व मेयर पीएल सिंहद्वारा पदक अस्वीकार

पत्रकार सायमी र थापाले पनि पदक नलिने


३ आश्विन २०७८, आईतवार
PL Singh

काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको पदक अस्वीकार गरेका छन् । सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेकोमा उनले पदक ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

२०४७ सालको संविधानलाई षडयन्त्रपूर्वक हत्या गरी ल्याइएको नयाँ संविधान आफूले स्वीकार नगरेको भन्दै सिंहले संविधान दिवसको दिन दिइएको पदक ग्रहण गर्न आफूलाई नैतिकताले नदिने बताएका छन् ।

यस्तै चर्चित कार्टुनिस्ट रविन सायमीले पनि पदक ग्रहण गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सायमीले सरकारले आफूलाई दिने भनेको जनसेवाश्री पदक ग्रहण नगर्ने उल्लेख गरेका छन् । यस्तै पत्रकार हरिबहादुर थापाले पनि आफूलाई दिने भनिएको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७