वीर अस्पतालका डा. अशेष ढुङ्गानाले गरे प्रबल जनसेवाश्री पदक अस्वीकार


३ आश्विन २०७८, आईतवार
asheh dhungana QZdASrEF3A

काठमाडौं, ३ असोज । वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह–प्राध्यापक सरह नमिलेको बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुशी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु ।

पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गदै नेपाल सरकारले भविष्यमा प्रदान गर्ने पुरस्कार मान पदवी सम्मानहरू विवादरहित रहोस् भने कामना गर्दछु । साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठूलो पुरस्कार हुने हुँदा सो पाइराख्ने आशा गर्दछु ।’

dr. Ashesh MctEwABhHs

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७