१,८३० ले जिते कोरोना १,३३० नयाँ थपिए, पाँचको मृत्यु


५ आश्विन २०७८, मंगलवार
korona

काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,३३० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९,६२६ जनाको पिअिसार परीक्षण गर्दा १,०३६ र ३,९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ५,३९३ रहेको छ ।

आज देशभर १,८३० जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २० हजार १६४ होम आइसोलेसनमा छन् ।

संस्थागत आइसोलेसनमा १,३६० संक्रमित छन् भने ३३५ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २५० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७