परराष्ट्रमन्त्री खड्काले लिए शपथ, कार्यभार सम्हालेर आजै न्यूयोर्क उड्दै


६ आश्विन २०७८, बुधबार
Narayan khadka sapath

काठमाडौं, ६ असोज । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधनमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका हुन् । सरकारले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो । मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबारै न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७