कांग्रेस सभापतिमा उठ्ने इच्छा छैन : गच्छदार


६ आश्विन २०७८, बुधबार
bijaya gachadar
विजयकुमार गच्छदार

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो सभापतिका लागि उम्मेदवारी नरहने बताएका हुन् ।

‘म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार छैन । भविष्यमा पनि प्रतिस्पर्धा गर्दिनँ । मैले सभापतिको लागि निर्णय गरेको छैन’, उनले भने । उनले आफू कुनै पनि गुटमा नरहेको पनि बताएका छन् । ‘कुनै नेता, गुट–उपगुटको वकालत गरेको छैन । नेपाली कांग्रेसमा बनाउन आएको हो । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आदरणनीय नेता हुनुहुन्छ, दुवै नेताको समर्थन जुटाउने प्रयासमा छु’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७