वडाध्यक्षमाथि मन्त्रीबाट हातपात भएको भन्दै पौडेल समूह उत्रियो प्रतिकारमा

पौडेल, कोइराला र सिंह सानेपामा धर्ना दिन पुग्दै


७ आश्विन २०७८, बिहीबार
ram chandra group

काठमाडौं, ७ असोज । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् । मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै विरोध जनाइएको हो ।

उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो समाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा दुई जनाबीच भनाभन भएको देखिन्छ । त्यतिकैमा धेरै जना कराएको आवाज सुनिन्छ –त्यसपछि गालीगलौज शुरु हुन्छ । गालीगलौजपछि धकेलाधकेल भएको दृष्य भिडियोमा देखिन्छ । यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७