प्रचण्डलाई घनश्यामको जवाफ : हाम्रो चिन्ता छोडनुस्, हाम्रो पार्टी हामी आफै बनाउँछौं


७ आश्विन २०७८, बिहीबार
prachanda ghanashyam

काठमाडौं, ७ असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्कोको पार्टीको भन्दा आफ्नोबारे चिन्ता लिन आग्रह गरेका छन् ।

केहि दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेको आलोचना गर्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भुसालले यस्तो जवाफ दिएका हुन् । भुसालले सामाजिक सञ्जालमा आज (बिहीबार) लेखेका छन् , ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

केहि दिनअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली जतिको झुट बोल्ने मान्छे नेपालमा अरु कोेही नभएको बताउँदै घनश्याम भुसाल, योगेश भट्टराईलगायत माधवकुमार नेपालबाट छुटिएर एमालेमै रहेका १० नेताको समेत प्रसङ्ग जोडेका थिए । प्रचण्डले केपी ओली झुट बोल्ने नेता भन्ने जान्दा जान्दै पनि तेस्रो धारका १० नेता ओली समक्ष आत्मसमर्पण गर्न पुगेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७