ओलीको कटाक्ष : अब १४ महिनाभित्र मन्त्री बनाए सरकारलाई धन्यवाद दिनेछु


७ आश्विन २०७८, बिहीबार
Kp Oli 2

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तार नभएकोप्रति कटाक्ष गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले सरकार बनेको ७५ दिनसम्म मन्त्री नभएको भन्दै बाँकी रहेको १४ महिनामा पूर्णता पाए सरकारलाई धन्यवाद दिने बताए । उनले मन्त्री नै पाउन नसकेको हो कि के हो ? भन्दै प्रश्न गरे ।

‘७५ दिनसम्म मन्त्री नै छैन । मन्त्रालय छ मन्त्री छैन । सचिवहरूले पुष्पगुच्छा, माला किनेर राख्छन् ओइलाउँछ । मन्त्री आउँदैन । पछि त्यो बिल बेरुजु होला भन्ने डर’, उनले भने, ‘जसको कार्यकाल १५ महिना छैन । अढाइ महिना मन्त्री नै नबनाइकन सकियो । अब यो १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद छ सरकारलाई । एउटा काम त ग¥यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७