बिग्रिएको मै हुँ, अब म सच्चिन्छु : प्रचण्ड

‘त्यो बादल सम्झिँदा पनि एलर्जी हुन्छ’


७ आश्विन २०७८, बिहीबार
Parchanda 1536x770 1

काभ्रे, ७ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बिग्रिएको बताएका छन् । तर अब सच्चिन तयार रहेको उनको भनाई छ ।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गदै प्रचण्डले भने, ‘म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को–को सच्चिने, नसच्चिने तपाईंहरु सच्निुहोस् । यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।’

माओवादीलाई एक नम्बर पार्टी बनाउन सबै सच्चिनुपर्ने उनको भनाई छ । भने, ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन’, प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको बताए । ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए रु सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् । आइदिए हुन्थ्यो भन्ने छ ।

प्रचण्डले माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका गरे । भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त ! त्यो बादल हिजोको साथी ! अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि १ हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।’

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाए । भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । ‘ कम्युनिस्टले यस्तो काम गर्छ त ?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे। ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने !’

केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए। ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको प्रचण्डले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७