चुनावी क्षेत्र नपाएपछि गठबन्धनबाट बाहिरियो नयाँशक्ति


२७ आश्विन २०७४, शुक्रबार

काठमाडौँ : एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने जनाएको नयाँ शक्ति पार्टी भागबण्डा नमिल्दा बाहिन्ने भएकाे छ । गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै आफ्नै चुनाव चिन्हमा लड्ने घाेषणा गर्दे लभग बाहिन्ने पक्का गरेकाे हाे ।

baburam bhattrai

 

बैठकले नयाँ शक्तिका संयाेजक भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट नै उठाउने निर्णय गरेको छ ।  पार्टीको सङ्घीय सचिवालयको शुक्रवार बसेको बैठकले बाबुरामसहित पाँच जनाको उम्मेदवार घोषणा गरेको हाे । नयाँ शक्तिको निर्णयअनुसार कैलाली क्षेत्र नम्बर ३ बाट कृष्णकुरमा चौधरी, दानबहादुर चौधरी कपिलबस्तु–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । यस्तै, नयाँ शक्तिले रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने नयाँ शक्तिले निर्णय गरेको छ ।
गठबन्धनमा सहमति नजुटेपछि उम्मेदवारी घोषणा गरेको नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।यद्यपि विभिन्न ठाउँमा तालमेलको पहल भने जारी नै राख्ने नयाँ शक्तिले निर्णय गरेको छ । उम्मेद्वारीको तय गर्न तथा विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने सो पार्टीले निर्णय गरेको छ ।
म गोरखाबाट चुनाव लड्छुु’
बैठकमा भट्टराईले गोरखाबाट लड्ने बताउँदै तयारी रहन निर्देशन दिए ।  ‘म गोरखाबाट चुनाव लड्छु , सबै तयार हुनुहोस्’ उनले भने । एमाले र माओवादी केन्द्रबीच गोरखामा सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार उठाएर भट्टराईलाई काठमाडौँमा उम्मेदवार बन्न लगाउने करिब सहमति बनेको थियो ।
यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा पनि भट्टराईले गोरखामा जितेका  गोरखा २ नम्बर क्षेत्रबाट  गठबन्धनबाट माओवादीका नारायाणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।
एमाले माओवादीसँग रूष्ट बनेको उनले  अझै वाम गठबन्धनबाट बाहिरने बारे एकीन भइनसकेको भन्दै उनले आफूहरुको जोड वाम–लोकतान्त्रिक गठबन्धन बनाउनेतर्फ पनि रहेको बताए । नयाँ शक्तिले सूर्य चिन्ह छाडेर अब आफ्नै चुनाव चिन्हमा निवार्चन लड्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७