आलमविरुद्धकाे मुद्दा ‘हेर्न नमिल्ने’ मा


८ आश्विन २०७८, शुक्रबार
aalam 1
फाइल फोटो

काठमाडौं, ८ असोज । पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दा हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासमा शुक्रबार पेसी तोकिएको थियो ।

रौतहटको राजापुरमा बम विष्फोट हुँदा घाइते भएकालाई ज्यूँदै लगेर इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलाममाथि छ । २०७० सालको निर्वाचन बेला १७ जना मजदुरलाई इँटा भट्टामा राखेर मारेको अभियोग लागेका नेता आलमविरुद्ध मुद्दाको सुनुवाइ पटक–पटक सर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७