‘स्यानीटरी प्याडमा कर बढेको छैन, गलत भ्रम फैलाउन खोजियो’


८ आश्विन २०७८, शुक्रबार
aartha mantralaya

काठमाडौं, ८ असोज । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको बताएको छ । स्यानीटरी प्याड आयातमा आ.व. २०६९ /७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको त्यस्तै कायम राखिएको अर्थमन्त्रालले प्रेस नोट जारी गर्दै स्पष्ट पारेको छ ।

वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा मन्त्रालयले अनुरोध गरेको छ । स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायम समेत मन्त्रालयले बताएको छ ।

‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं’, मन्त्रालयको प्रेस नोटमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७