को–को छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ?


९ आश्विन २०७८, शनिबार
Congress

खोटाङ, ९ असोज । नेपाली कांग्रेसले अधिवेशनमार्फत खोटाङका १० वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दैछ । कांग्रेसको १४ औं महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनअन्तर्गत यहाँका दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा शनिबार हुने पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

नगर तथा गाउँपालिका सभापतिका लागि यहाँ कम्तीमा समूहगत २० जना आकांक्षी देखिएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबीच प्रतिस्पर्धा हुँदैछ ।

केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, विजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबीच प्रतिस्पर्धा हुने कांग्रेस स्रोतले जनाएको छ ।

यसरी नै बराहपोखरी गाउँपालिकामा खिलाराज राई र जीवन राई चुनावी मैदानमा छन् । यद्यपि, बराहपोखरी गाउँपालिकामा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।

ऐंसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ र रावाबेंसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतिमै पालिका सभापतिमा चयन हुने निश्चित जस्तै भएको स्रोतले बताएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बलियो उम्मेद्वार देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७