दुई वर्षदेखि इजरायली जेलमा रहेकी प्यालेस्टिनी राजनीतिज्ञ खालिदा रिहा


११ आश्विन २०७८, सोमबार
khalida PkmKjd6LAt

काठमाडौं, ११ असोज । इजरायलीय जेलमा रहेकी प्यालेस्टिनी राजनीतिज्ञ तथा नागरिक अभियन्ता खालिदा जरारलाई दुई वर्षपछि आइतबार रिहा भएकी छन् । ५८ वर्षीया जरार प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्य समेत रहेकी वामपन्थी नेता हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेता जरारलाई इजरायली अधिकारीहरूले आइतबार दिउँसो रिहा गरेर जेनिन सरहको पश्चिम चेक पोइन्ट सलेममा छाडिदिएका हुन् । जरारकी ३१ वर्षीया छोरी सुहाको स्वास्थ्य समस्याका कारण गत जुलाईमा मृत्यु भएको थियो । आफ्नी आमाको रिहाइका लागि सार्वजनिक अपिल गरिरहेकी सुहाको रमाल्लाहमा निधन भएको हो ।

जरारलाई इजरायल सरकारले जरारलाई छोरीको मृत्यु संस्कारमा समेत जान दिएन । अवैध रूपमा संगठन बनाएर राजनीति गरेको आरोपमा जरारलाई इजरायली सेनाले सन् २०१९ अक्टोबर ३१ मा घरबाटै पक्राउ गरेको थियो । इजरायलले प्यालेस्टाइनका झण्डै ४ सय वटा राजनीतिक संगठनलाई अवैध घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७