आर्यघाट पुग्दामात्रै पद छाड्ने शैलीले राजनीतिमा निराशा : प्रकाशमान सिंह (भिडियो)


१३ आश्विन २०७८, बुधबार
prakashman shingh प्रकाशमान सिहं
फाइल फोटो

काठमाडौं, ३ असोज : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आर्यघाट पुग्दामात्रै पद छाड्ने चरित्रले राजनीतिप्रति जनतामा निराशा छाएको बताएका छन् । राजनीतिमा पनि अन्य क्षेत्रको जस्तै निश्चित समयपछि अवकाश हुनुपर्ने उनको भनाई छ ।

कोटेश्वरमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको भनाई छ ।

उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न आफूले आग्रह गरेको बताए । ‘अहिले नयाँ पुस्ता नेतृत्वका लागि तयार भइसक्यो । हामीले नै पार्टीको नेतृत्व गर्न पाएका छैनौँ । एउटै मान्छेले लामो समयसम्म पार्टीलाई कब्जा गरेर राख्ने कुरा ठीक होइन,’ उनले भने, ‘म यसपटक पुस्तान्तरणको पक्षमा छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७