कांग्रेस विराटनगर सभापतिमा संस्थापन इतरका दीपक चापागाईं विजयी


१७ आश्विन २०७८, आईतवार
dipak chapagai 3fBv5HadLZ

मोरङ, १७ असोज । सत्तारुढ नेपाली कांग्रेसको विराटनगर सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनबाट कांग्रेसको विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका हुन् । महानगर सभापतिका लागि संस्थापनबाट एकजना र संस्थापन इतर समूहबाट तीन जना उम्मेदवार बनाइएको थियो ।

महानगर सभापतिका लागि संस्थापन समूहले सन्तोष न्यौपाने तथा संस्थापन इतर समूहबाट चापागाईंसहित अरुण न्यौपाने र कृष्ण कार्की पनि उम्मेदवबार बनेका थिए । यीमध्ये चापगाईं विजयी भएका हुन् । यसैगरी विराटनगरमा कांग्रेस उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७