एमाले विधान महाधिवेशन आज सकिँदै, अध्यक्ष ओलीले जवाफ दिने


१७ आश्विन २०७८, आईतवार
3 scaled
sf7df8f}F, !% c;f]h . g]kfn sDo’lgi6 kf6L{ -g]skf–Pdfn]_n] z’qmaf/ nlntk’/sf] uf]bfj/Ll:yt ;g/fOh ;Dd]ng s]Gb|df cfof]hgf u/]sf] ljwfg dxflwj]zgdf ;Daf]wg ub}{ kf6L{ cWoIf Pj+ k”j{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको तीन दिने विधान महाधिवेशन आज (आइतबार) सकिंदैछ । आज पाँच वटा समूहले आफ्नो निष्कर्ष पेश गरेपछि शीर्ष नेताहरुले यसमाथि जवाफ दिने छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको आज जवाफ दिने भएका छन् ।

यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् । त्यसपछि स्थायी कमिटीले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाइनल गर्नेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

जसमध्ये पाँच वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् । यसैगरी एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ । यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरुको निष्कर्ष छ ।

यसैगरी पार्टीबाट बाहिरिएका माधव नेपाललगायतका नेताहरुलाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने सुझाव पनि आएको छ । असोज १५ गतेदेखि शुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७