अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा दीपेश पुन


१८ आश्विन २०७८, सोमबार
jmqipuVl8u8jo2VsDgn3

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ ।

काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए । उनी संगठनमा जुझारु र कुशल संगठकका रुपमा चिनिन्छन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा भने यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७