दशैंमा घर फर्किने सैनिक परिवारलाई निःशुल्क बस र हवाइ सुविधा


२० आश्विन २०७८, बुधबार
army bus

काठमाडौं, २० असोज । नेपाली सेनाले दशैं विदामा घर फर्किने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस र हवाइ जहाजबाट निःशुल्क पुर्‍याई दिने भएको छ ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिन लागिएको हो । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो पद बहालीसँगै सकल दर्जा र आश्रित परिवारलाई कल्याणकारी सुविधा थप गर्ने घोषणा गरेका थिए ।

नेपाली सेनाले दशैंमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निःशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाउन शुरु गरिएको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौड्यालले बताए । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।

जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निःशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउने छन् ।
हेर्नुस् सूचना

army1 m3v5djI2cS

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७