आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड


२१ आश्विन २०७८, बिहीबार
prachanda 21 nMKSsboNGd

काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) मन्त्रीहरूको शपथ हुने बताएका छन् ।

आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट (बिहीबार) बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा बोल्दै आज नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम हुने सम्भावना रहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने सोंचका साथ तयारी अगाडि बढाए पनि आफ्नै पार्टी नेपाली कांग्रेसमा मन्त्रीको टुङ्गो लगाउन सकेका छैनन् । जनता समाजवादी पार्टी (जसपा) अहिले मन्त्रीको नाम टुङ्गो लगाउन जुटेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि मन्त्रीको नाममा छलफल अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७