लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै


२२ आश्विन २०७८, शुक्रबार
Kulprasad kc sonam

बुटवल, २२ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (शुक्रबार) मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुलाई मन्त्री बनाउन लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको थियो । तर नेकपा एकीकृत समाजवादी सरकारमा समावेश भएपछि माओवादीसँग मन्त्रालय संख्या तीन मात्रै छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती एक मात्र सांसद भएकाले उनलाई पनि मन्त्री बनाइने भएको छ ।

भागवण्डामा ४ मन्त्रालय पाएको कांग्रेसबाट दुई जना मन्त्री भइसकेका छन् भने दुई जना मन्त्रीको पनि नाम टुंगो लगाइएको छ । लुम्बिनीमा नयाँ गठबन्धनको सरकार गठन भएपछि भागवण्डा पुर्‍याउन मन्त्रालय विभाजित गरिएको छ । तर नयाँ मन्त्रालय राख्ने ठाउँ समेत नभएकाले मन्त्री थप्न भने ढिलाई भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७