शिवम् सिमेन्टले एक अर्ब २७ करोड नगद लाभांश बाँड्ने


२४ आश्विन २०७८, आईतवार
shivam cement eJ63PZzj13

काठमाडौं, २४ असोज । शिवम् सिमेन्टले नगद लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार शिवमले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्नेछ । गत शुक्रबार साँझ बसेको ९२ औं बैठकले आर्थिक वर्ष २०७७ / ०७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको थियो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि करसहितको लाभांश वितरण गरिेने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७