लुम्बिनीका नव नियुक्त मन्त्रीले लिए शपथ


२४ आश्विन २०७८, आईतवार
lumbini saptah

बुटवल, २४ असोज । लुम्बिनी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथ लिने मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र वन वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल रहेका छन् । यस्तै, कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि पद तथा गोपनीयताको शपथ लिए ।

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ लिए । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पनि आइतबार शपथ लिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७